..गजल ….

जता सुकै जामै जाम हुन्छ मेरोदेशमा..
जो सोझो उसैको बदनाम हुन्छ मेरो देशमा..||

बाह्रै घण्टा काम गर्ने भोक भोकै मर्नुपर्छ
कामचोरलाई मिठो माम हुन्छ मेरो देशमा..||

जस्ले भलो चिताउछ उसैलाई लत्याइन्छ
हत्यारालाई मानसम्मान हुन्छ मेरो देशमा..||

अरु देशमा पद हैन कामको इज्वत गर्दछ्न्
सिर्फ कुर्शी तानातान् हुन्छ मेरो देशमा..||

संसारभरी छरिएका नेपालीको पशिनामा
मत्रिज्युको बेजोड सान हुन्छ मेरो देशमा ..||

k hi manaka bhawanaharu

कहिले गोरो मनपर्छ कहिले कालो मन पर्छ ..
किन हो त यस्तो सधै पालै पालो मन पर्छ ..
कति पटक भनिसके पूरै सरिर ढाक्नुनि हौ..
तर तिम्लाइ आदि अङ देख्ने जालो मन पर्छ ..

हो अर्को जुनि आउदैन कोहि..
फेरि यो जुनि पाउदैन कोहि ..
कसम खुदाको झुट हुदैहोइन
स्वर्गमा महल बनाउदैन कोहि ../\ ….

थोपा थोपा पसिनाले साटेर ल्याउछु..
पिर न गर आफ्नै गाँस काटेर ल्याउछु…

भोको नाङ्गो राख्दिन नि म बाचुन्जेली
नत्र साहुलाइ दुई चार दिन ढाटेर ल्याउछु..

जसरिनी भोको पेट भरौला नानी हो
कमाइ नभए भिकै सहि थापेर ल्याउछु.

गजल…./\

कति मीठो दोहोरी चलेको देख्दैछु ..
प्रेमको आगो दनदन् बलेको देख्दैछु ..!

म भने केवल तिम्रै प्रतिक्षामा हुन्छु
तिमिलेनै बेफिकर भइ छलेको देख्दैछु ..!!

के भयो खै मेरो आँखा कम्जोरी होकि
बिस्वासको बोटमा धोका फलेको देख्दैछु .!!!

हराएको खुशी जति फर्किएर आयो भने
त्यही खुशिको धरहरा ढलेको देख्दैछु ..!!!!

छैन कुनै रोग तर सबै अङ शिथिल छ्न्
आज आफ्नै पूरै शरीर गलेको देख्दैछु..!!!!!

…………….जगत राम बर्देवा (घायल).
पिपलसग वर हुनुपर्छ
तिम्रो मेरो घर हुनुपर्छ

बेशाहाराभै लढेभनेनि
तिमी मेरो भर हुनुपर्छ

यो दुनियामा अटाएनौ
हाम्रो छुट्टै शहर हुनुपर्छ

बरु सेउले झुपडिनै सहि
तर जुनेली प्रहर हुनुपर्छ

अलिकति

तिम्रो  ओठको मुस्कान सधै खुलेको हुनु पर्छ

मलाइ मात्रै  हेरि  त्यो मन भुलेको हुनु पर्छ